खस्यौलीका किसानले पाए साढे छ क्विनटल मकै दाना

तानसेन। रिब्दीकोट गाउँपालिका ३ नं. वडा खस्यौलीले पशुको पोषणका लागि मकैको दाना वितरण गरेको छ। चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत प्रतिकिसान ८७ किलोग्रामका दरले ७४ जना किसानलाई मकै दाना वितरण गरिएको हो।

कृषकहरुको लागत साझेदारीमा छ हजार पाँच सय किलोग्राम मकैको दाना वितरण गरिएको वडा अध्यक्ष नारायण बहादुर केसीले जानकारी दिए । पोषण दाना (मकैं ले दुध उत्पादनमा वद्धि हुनुका साथै किसानलाई आर्थिक रुपमा समृद्ध बनाउन मद्दत विश्वास गरिएको गरिएको वडाध्यक्ष केसीले बताए। दाना वितरण गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउापालिकाले कृषि र पशु पालनमा प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

उनले कृषि कर्मबाट नै कृषकहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन वितरण गरिएको पोषण दानाले किसानलाई आत्मनिर्भर हुन र स्वरोजगार हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष कार्कीले गाउँपालिकाबाट वार्षिक ४१ करोड बढी कृषि तथा पशु क्षेत्रको उत्पादन विक्री गरिएको बताउदै अध्यक्ष कार्कीले यसलाई बढाउन कृषकहरुको महत्वपूर्ण भूमिका रहने बताए।

मकै दाना पाएपछि गाईँ भैसीको दुध उत्पादन वृद्धि हुने भन्दै किसानहरु पनि उत्साहित भएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको