स्वास्थ्यको घुम्ती बैठक रिब्दीकोटमा सम्पन्न

तानसेन । स्वास्थ्य चौकीको न्युनतम मापदण्ड (एचपीएमएसएस) तथा मासिक घुम्ती बैठक कार्यक्रम रिब्दीकोट गाउँपालिकामा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय पाल्पाको आयोजना एवं रिब्दीकोट गाउँपालिका खस्यौली, पाल्पाको समन्वयमा पारस्परिक अवलोकन भ्रमण कार्यक्रमसहितको घुम्ती बैठक शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नाारायण बहादुर कार्कीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता राखेर विभन्न कामहरु गर्दै आएको बताए ।

उनले घुम्ती शिविरबाट असल अभ्यासहरु आदानप्रदानमा सहयोग पुग्ने बताए । उनले स्वास्थ्यकर्मीले जीवन र मरणको अवस्थामा रहेर काम गर्ने भगवानरुपी रहेको हुँदा सही कर्म गरेर नागरिकलाई सधै स्वस्थ राख्न भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर नियमित स्वास्थयमा कर्मचारी थप गर्ने, विभिन्न शिविरहरु संचालन गर्ने जस्ता कार्य गर्दै आएको बताए । उनले म बनाउछु मेरो रिब्दीकोट अभियानसंगै हरेक हप्ताको एक दिन ससरसफाई अभियान सुरु गरेर पनि स्वास्थ्य क्षेत्रमा नमूना कार्य हुँदै आएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेल, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष एवं वडा न. ३ का वडा अध्यक्ष नारायण बहादुर के.सी. खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. चुडामणी रेग्मी,जिल्लाका १० ओटा स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुसहित स्थानीय जनप्रतिनिधि र स्वास्थय कार्यालयका टीमसंग छलफल गरिएको थियो ।

खस्यौली, प्राथमिक स्वास्थ्य केन्द्रमा भएको कार्यक्रममा केन्द्रको न्युनतम सेवा मापदण्ड सम्बन्धी सम्पुर्ण सूचकांकहरुमाथी केन्द्रका मेडिकल अधिकृत डा. रेग्मीले प्रस्तुति गरेका थिए । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद भट्टराईको अध्यक्षता र कार्यालयकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया