फेरी घट्यो सुनको मूल्य

पाल्पा। सोमबार नेपाली बजरमा सुनको मूल्य घटेर खरिद विक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँ घटेको हो ।

घटेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । यस्तै अघिल्लो दिन दुई लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३११५ रुपैयाँमा झरेको हो ।

तपाईको प्रतिक्रिया