नसर्ने रोगका बिरामी बढ्दा अर्गानिक उत्पादन बढाउनु आवश्यकः स्वास्थ्य मन्त्री सारु
तानसेन। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने रोगका बिरामीको संख्या प्रत्येक वर्ष बढेको सन्दर्भमा अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले दैनिक खानपान र जीवनशैली सधार गरेर मात्रै निरोगी बन्न सकिने बताएका हुन्।
शनिबार तानसेनमा आयोजित पाल्पा व्यापार संघको आठ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सारुले लुम्बिनी प्रदेशसहित देशभर नै पछिल्ला वर्षहरुमा नसर्ने रोगका बिरामीको संख्या बढ्नुका पछाडि खानपान र फेरिएको जीवनशैली रहेको दावी गरे । उनले उद्...









