पाल्पा । ज्ञानोदय आधारभूत विद्यालय, माथागढी–१ चिदीपानीको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार तथा सवारी साधन (विद्यालय बस) सञ्चालनसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य सेर बहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार पन्थी प्रमुख अतिथि थिए ।
अन्तरक्रियामा नर्सरीदेखि कक्षा ८ सम्मको शैक्षिक अवस्था, भौतिक संरचना, विद्यालय बस सञ्चालन तथा समग्र विद्यालय विकासका विविध विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार पन्थीले विद्यालय शिक्षाको गुणस्तर नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै भने,
“नर्सरीदेखि आधारभूत तहसम्मको शिक्षा बलियो भए मात्र विद्यार्थीको भविष्य सुरक्षित हुन्छ। त्यसका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच निरन्तर सहकार्य आवश्यक छ। वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग र पहल निरन्तर रहनेछ। साथै तत्कालीन अवस्थामा अभिभावक, समुदाय, भूतपूर्व सेना, समाजसेवी तथा बुद्धिजीवीहरूको सहयोगमा विद्यालय सञ्चालन गरिनेछ।”
विद्यालयका प्रधानाध्यापकले कार्यक्रममा बोल्दै अभिभावक तथा सरोकारवालाबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै विद्यालयलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
लिलाकुमारी बि।क। लिलाकुमारी बि।क। विशिष्ट अतिथिका रूपमा सहभागीता थियो। त्यसैगरी, भारतीय भूतपूर्व सेनाका व्यक्तित्वहरू झपेन्द्र गाहा, भवानीसिं गाहा, लिलाम्बर गाहा, बिमल कुमार थापा लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा करिब १५० जना अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी, भारतीय भूतपूर्व सेनाका व्यक्तित्वहरू झपेन्द्र गाहा, भवानीसिं गाहा, लिलाम्बर गाहा, बिमल कुमार थापा लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा करिब १५० जना अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी भारतीय भूतपूर्व सेनाका व्यक्तित्वहरूले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफ्नै समूहबाट रकम संकलन गरी निरन्तर सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । समुदायको पूर्ण साथ रहेको उल्लेख गर्दै कक्षा वृद्धि प्रक्रियामा कुनै पनि पक्षबाट अवरोध हुन नहुनेमा जोड दिँदै छिट्टै माध्यमिक विद्यालयका रूपमा विद्यालय विकसित भएको देख्न समुदायको चाहना रहेको उनीहरूले बताए।
कार्यक्रम शिक्षक प्रतिक्षा रानाको स्वागत मन्तव्यसँगै सुरु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक मेनुका थापाले गरेकी थिइन् । आपसी छलफल, सुझाव आदान–प्रदान तथा सकारात्मक निष्कर्षसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।





















