पाल्पामा दुई जना फरार प्रतिवादी पक्राउ

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालतको फैसला आदेशले ज्यानसम्बन्धी कसूर मुद्दामा १ महिना १७ दिन कैद र ५ सय जरिवाना असुलउपर गर्न बाँकी रहेका तानसेन नगरपालिका–७, बस्ने ५५ वर्षीय नविन थापालाई नियन्त्रणमा लिएर अदालत पठाएको प्रहरीले जनाएको छ।

यस्तै हातहतियार तथा खरखजाना कसुर मुद्दामा ५ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेका तिनाउ गाउँपालिका–२, बस्ने ४० वर्षीय जीवन विकलाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दुवै जनालाई आइतबार फेला पारेको पाल्पा प्रहरीले जनाएको छ ।

दुवै जनालाई आवश्यक कारबाहीको लागि पाल्पा जिल्ला अदालतमा पेस गरिएको पाल्पा प्रहरीका सूचना अधिकारी होमबहादुर चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया