एमाले पाल्पाले गर्यो समानुपातिकमा १० जनाको नाम सिफारिस

तानसेन। नेकपा एमाले पाल्पाले समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरिएको एमाले पाल्पाले जनाएको छ ।

सिफारिस हुनेमा महिलातर्फ जिल्ला उपसचिव मीना जिसी, नेतृ उर्मिला शर्मा, मीरा मरासिनी र कुविजा अर्याल रहेका छन् । यस्तै जनजातितर्फ दुर्गादेवी राना, सुशिला श्रेष्ठ, हिरूसरा रानाको नाम सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार मुस्लिमतर्फ अमिनबक्स मियाँ र रोजिरन खातुन र दलिततर्फ ठाकुरप्रसाद लोहागुनको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फभने उम्मेद्वार सिफारिस गर्न बाकी रहेको अध्यक्ष घर्तीले बताए ।

तपाईको प्रतिक्रिया