खाना महोत्सवको आम्दानीबाट अपाङ्गता भएका व्यक्तिलाई सहयोग

तानसेन। सहकारी बजार प्रतिनिधि समूहले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । तानसेनस्थित टुडिखेलमा आयोजित खाना महोत्सवमा स्टल राखेर आम्दानी भएको रकम पाल्पा शिविआरमा रहेका अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरेको हो ।

तानसेनमा रहेका सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिको समूहले गत पुसमा सम्पनन खाना महोत्सवको आम्दानीबाट १३ जना अपाङ्गता भएका व्यक्तिलाई नौ हजार १०५ रुपैयाँ नगद र एक क्यारेट अन्डा तथा विस्कुट वितरण गरेको हो। समूहकी अध्यक्ष सविता भाटका अनुसार समूहले सामाजिक उत्तरदायित्व ठानेर अपाङ्गता भएका व्यक्तीलाई सहयोग प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा व्यवस्थापन सहयोगी सुमिला महर्जनले समूहले गरेका सामाजिक सहयोगको कार्य प्रशंसायोग्य रहेको बताइन् । पाल्पा शिविआरका कृष्ण गहतराजले संस्थागत गतिविधि बारे जानकारी गराउदै सहकारीमा काम गर्ने बजार प्रतिनिधिहरुको सहयोगले संस्थालाई राहत मिलेको बताए। उनले सहयोगी समूहलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राखेको बताए ।
समूहले गत वर्षको खाना महोत्सवबाट भएको आम्दानीबाट तानसेन ९ दमकडामा रहेको दमकडा माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गरेको थियो ।

पछिल्लो समय समूहमा आबद्ध बजार प्रतिनिधिहरुले जागिरसंगै आर्थिक आर्यआर्जनको काम गरी सामाजिक सेवामा लगानी गर्ने गरिएको समूहकी सचिव राधा कुवँरले बताइन् ।

तपाईको प्रतिक्रिया