नेकपा पाल्पाको प्रथम एकता बैठक सम्पन्न

तानसेन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति पाल्पाको प्रथम एकता बैठक सम्पन्न भएको छ । शनिवार तानसेनमा एक कार्यक्रमका बीच बैठक सम्पन्न भएको हो। बैठकमा आगामी निर्वाचन र पार्टीको भावाी रणनीतिका बारेमा छलफल गरिएको नेताहरुले बताएका छन् ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सोमप्रसाद पाण्डेले मुलुकको समृद्धिका लागि नेकपा गठन भएको उल्लेख गरे । उनले देशको आवश्यकता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कम्युनिष्टहरु एकताबद्ध भएर नेपाली कम्युनष्टि पार्टी बनेको बताए । पुर्व मन्त्री समेत रहेका नेता पाण्डेले आगामी निर्वाचनमा नेकपाले बहुमत ल्याएर मुलुकको विकासमा काम गर्ने दावी गरे ।

“अब नागरिकले अन्य कुरा छाडेर नेकपामा मतदान गर्नुपर्छ ।,संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनादेखि जेनजीका माग सम्बोधन गर्ने पार्टी नेकपा भएको हुँदा मुलुकको समेद्धिका लागि नेकपाको नेतृत्व आजको आवश्यकता हो।” -उनले भने।

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डेले पाल्पाको विकासका लागि आफूलाई निर्वाचत गराउनपर्नेमा जोड दिए । उनले जीतमा मात्र नभएर हारमा पनि आफ सधै पाल्पालीको साथमा रहेको हुँदा जिल्लाबासीको मागको सम्बोध र अधुरो योजना सम्पन्न गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।


बैठकमा पाल्पा जिल्ला संयोजक अशोक कुमार शाहीले जेनजी आन्दोलनमा जनताको छोराछोरीको हत्या भएको हुँदा त्यसको जिम्मा तत्कालीन प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए । उनले कम्युनिष्टहरु एकताबद्ध हुन आवश्यक रहेपनि ओलीका कारण त्यो सम्भव नभएको दावी गरे । उनले भने, -“अहिले मुलुक लिग भन्दा बाहिर रहेको हुँदा हामीले संविधानको रक्षा र अहिलेको व्यवस्था जोगाउने जिम्मेवारी पूरा गर्नु हामी सबैको दायित्व हो । त्यसका लागि सबै शक्तिहरुले नेकपासंग सहकार्य गर्न जरुरी छ ।”

पाल्पा क्षेत्र नं. १ को प्रनिधिसभा सदस्यका उम्मेद्वार हुम बहादुर सुनारीले कुशासनको विरुद्धमा औला उठाउनका लागि उम्मेद्वारी दिएको बताए । उनले मुलुक समृद्ध बनाउन आफू मैदानमा रहेको र सबैले साथ दिएर देशमा रहेको भष्ट्राचारको अन्त्यका लागि आफ्नो पहल रहने दावी गरे ।

बैठकमा नेकपाका नेता राजेन्द्र विश्वकर्मा, मथुरा ढकाल, समानुपातिक उम्मेद्वार पार्वती विकलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer