दोस्रो रणउजिरेश्वरी भगवती कपको आम्दानी खर्च सार्वजनिक
तानसेन। दोस्रो रणउजिरेश्वरी भगवती कप खुलला भलिबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरिएको छ । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी आयोजक संस्था श्रीनगर भलिबल क्लबले प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरेको हो।
खेलकुद पत्रकार मञ्च पाल्पाको आयोजनामा भएको पत्रकार सम्मेलनमा गत साउन २८ गतेदेखि भदौँ १ गतेसम्म तानसेनको टुँडिखेलमा सम्पन्न महिला तथा पुरुष भलिबल प्रतियोगिताको बारेमा श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले कार्यालय र संघसंस्थाबाट दुई लाख २७ हजार, टिकट बिक्रीबाट ...










