राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी
पाल्पा। राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन ।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी सापकोट नेपाली कांग्रेसकी तथा सुवेदी नेकपा माओवादी केँद्र निकट रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका न...








