राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी

पाल्पा। राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी सापकोट नेपाली कांग्रेसकी तथा सुवेदी नेकपा माओवादी केँद्र निकट रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दङ्गीशरण गाउँपालिका शम्भु गिरी रहेका छन । यस्तै सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका छन । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ । गुल्मी जिल्ला निवासी सापकोटाले महिला कोटा र रोल्पा जिल्ला निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

तपाईको प्रतिक्रिया