संविधानको रक्षा र जेनजीले उठाएका मुद्दा सार्थक बनाउन निर्वाचन महत्वपूर्ण छः उम्मेद्वार पाण्डेय

पाल्पा । पूर्व मन्त्री एवं पाल्पा क्षेत्र नंं २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेयले संविधानको रक्षा र जेनजीको माग अनुसार काम गर्नका लागि निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् । उनले निर्वाचन विथोल्ने खालका कुराहरु गलत रहेको र जेनजी आन्दोल र संसद विघटनपछि नै नेकपाको संयोजक प्रचण्डले निर्वाचनको कुरा उठान गरेको र अहिलेको आवश्यकता नै निर्वाचन रहेको बताए ।

नेपाली कम्युनिस्ट पार्टी पाल्पा रुपन्देही सम्पर्क सम्न्वय समितिले बुटवलमा आयोजना गरेको मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेद्वार पाण्डेयले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचन र अबको नेतृत्व नेकपाले गर्नुपर्ने बताए ।

उनले जेनजी आन्दोलनको माग र चाहना अनुसार भ्रष्ट्राचारको अन्त्य र सुशासन कायम गर्नका लागि मात्र नभएर मुलुकको समृद्धिका लागि निर्वाचन र अबको नेतृत्व चयन गर्ने महान अभियान  फागुन २१ मा हुने बताए ।

संविधानसभा सदस्य समेत रहेका नेता पाण्डेयले भने,-“देशमा हुन लागेको निर्वाचन सन्दर्भमा विशेष अभियानमा हामीले सही निर्णय लिनुपर्ने छ। यो जिम्मेवारी हाम्रो काधमा छ ।, अब सही निर्णय लिएर अघि बढ्न सकेमा मात्र मुलुक समृद्ध हुनेछ । हिजोका दिनमा पुराना राजनीतिक पार्टीले केही गल्ती गरेकै हुन् । अब विगतका गल्ती कमजोरी सुधार गरेर अघि बढ्नुपर्छ । यदि नसच्चिने हो भने चुनावमा भाग नलिए हुन्छ । नयाँका नाममा देखिएका गतिविधिलाई बिना विचार र सिद्धान्त केही हुने वाला छैन ।”

अबको सरकार चलाउने नेतृत्व सही हनु नसकेका मुलुकलाई ठूलो क्षति हुने बताउँदै अब विकास निर्माण र मुलुकको नेतृत्व सही दिनका लागि आम मतदाताले ध्यान दिनुपर्ने बताए । उनले मतदातासंगको छलफलमा आफू नागरिकसंग सुख, दुःखमा सधैसंगै रहेको र आगामी दिनमा पनि निर्वाचित भए वा नभएपनि आम नागरिकको माग र आवश्यकता अनुसार अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया