निर्वाचन आचारसंहिता : यस्तो छ व्यवस्था

निर्वाचन आचारसंहिता : यस्तो छ व्यवस्था
तानसेन। निर्वाचन आयोगले यसपालीदेखि निर्वाचन आचारसंहितालाई सजायमुखी बनाउने घोषणा गरेको छ ।आयोगले स्वीकृत गरेको नयाँ अचारसंहितामा निर्वाचन कानुन विपरीतका  कामकारवाहीलाई दण्डात्मक रुपमा कार्यान्वयन गर्ने व्यवस्था समावेश गरेको हाे । आचारसंहितामा २०७९ सालमा केही दण्डात्मक व्यवस्था गरेकोमा अहिले निर्वाचन कसुर सजाय ऐन अनुसार सजायकै व्यवस्था गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा ४८ मा आचारसंहिता उल्लंघन गरेमा हुने सजाय तथा जरिवानाको व्यवस्था छ । जस...

प्रतिनिधिसभा निर्वाचनः राप्रपा पाल्पाबाट कुवंरसहित ६ जना सिफारिस

प्रतिनिधिसभा निर्वाचनः राप्रपा पाल्पाबाट कुवंरसहित ६ जना सिफारिस
तानसेन। राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले आगामी निर्वाचनका लागि ६ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट ३ र क्षेत्र नंं २ बाट तीन गरी ६ जनाको नाम सिफारिस भएको हो । क्षेत्र नं.१ मा बृहपति अर्याल, भिमराज राना र कृष्ण अर्यालको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं. बाट पार्टी अध्यक्ष डुलबहादुर कुवंर, नारायण कोइराला र नारायण बहादुर कुवंरको नाम सिफारिस भएको राप्रपा पाल्पाले ज...

राप्रपा पाल्पाको अध्यक्षमा पुनः कुवंर

राप्रपा पाल्पाको अध्यक्षमा पुनः कुवंर
पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको जिल्ला अधिवेशनबाट पुनः डुलबहादुर कुवंरको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको जिल्ला अधिवेशनबाट कुवंरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन भएको हो । कुवंर यसअघि पनि जिल्ला अध्यक्ष थिए। अधिवेशनले उपाध्यक्षमा धुब्र खाती (पुरुष) र, मायादेवी बज्राचार्य ( महिला) लाई चयन गरेको छ। यस्तै सचिव सुदिपराज रेग्मी र सहसचिव राजेन्द्र अधिकारी चयन भएका छन् । निर्वाचित अध्यक्ष कुवंरका अनुसार कोषाध्यक्ष र ...

प्रतिनिधिसभा निर्वाचनः रास्वापा पाल्पाबाट गैरेसहित ६ जनाको नाम सिफारिस

प्रतिनिधिसभा निर्वाचनः रास्वापा पाल्पाबाट गैरेसहित ६ जनाको नाम सिफारिस
तानसेन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपा पाल्पाबाट ६ जनाको नाम सिफारिस भएको छ । फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट दुई र क्षेत्र नं. २ बाट चार जनाको नाम अनलाइन माध्यमबाट सिफारिस भएको रास्वपा पाल्पाले जनाएको छ । क्षेत्र नं. २ मा सिफारिस हुनेमा जिल्ला उपसभापति सुमन (सोमप्रसाद) गैरे, कृष्णबहादुर कार्की, माधव थापा र रंगकर्मी सुरक्षा भट्टराईको उम्मेद्वारी सिफारिस गरेको बताइएको छ । गैरे २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्...

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
पाल्पा । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातितर्फको बन्द सूचिको उम्मेदवारी फिर्ता लिन आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले थप गरेको समय अनुसार बन्दसूची बुझाएका दलहरुले आजसम्म त्रुटी सच्चाएर बन्दसूची बुझाउनुपर्ने छ । आगामी निर्वाचनका लागि ६४ दलले आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाएका थिए । पुस १३ र १४ गते बुझाइएका सूचीको रुजु पुस २० सम्म चल्यो । रुजुका क्रममा आयोगले सबै दलका सूचीमा त्रुटि भेटिएको बताएको छ । पुस २० गतेदेखि २७ सम्...

एमाले पाल्पाबाट पूर्व अर्थमन्त्री पौडेलसहितको नाम सिफारिस

एमाले पाल्पाबाट पूर्व अर्थमन्त्री पौडेलसहितको नाम सिफारिस
तानसेन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले पूर्व अर्थ मन्त्रीसहितका उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिबार क्षेत्रीय कमिटिको बैठकबाट एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना र क्षेत्र नं. २ बाट ४ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं. २ बाट एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विण्णुप्रसाद पौडेलको नामसहित अन्य तीन जनालाई सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे र नेता...

नेकपा पाल्पाले गर्यो प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस

नेकपा पाल्पाले गर्यो प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस
पाल्पा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाले १२ जनाको नाम सिफारिस गरेको छ । नेकपाको जिल्लास्थित बैठकले क्षेत्र नं. १ मा पाँच जना र क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नं. १ का लागि हुम बहादुर सुनारी मगर, कमल राज भट्टराई, लिला कुमारी बगाले सोमै, नारायणी खनाल र युवामा मीन प्रसाद गिरीको नाम सिफारिस गरेको हो। यस्तै क्षेत्र नं. २ का लागि सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादु...

एमाले पाल्पाले गर्यो समानुपातिकमा १० जनाको नाम सिफारिस

एमाले पाल्पाले गर्यो समानुपातिकमा १० जनाको नाम सिफारिस
तानसेन। नेकपा एमाले पाल्पाले समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरिएको एमाले पाल्पाले जनाएको छ । सिफारिस हुनेमा महिलातर्फ जिल्ला उपसचिव मीना जिसी, नेतृ उर्मिला शर्मा, मीरा मरासिनी र कुविजा अर्याल रहेका छन् । यस्तै जनजातितर्फ दुर्गादेवी राना, सुशिला श्रेष्ठ, हिरूसरा रानाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार मुस्लिमतर्फ अमिनबक्स मियाँ र रोजिरन ...

नेकपा पाल्पाबाट समानुपातिक उम्मेद्वार सिफारिस

नेकपा पाल्पाबाट समानुपातिक उम्मेद्वार सिफारिस
पाल्पा। नेपाल कम्युनिष्ट पार्टी पाल्पाले राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि समानुातिक उम्मेद्वार सिफारिस गरेको छ । हालै बासेको जिल्ला कार्यसमितिको बैंठकले आगामी फागुन माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जना उम्मेदवारको नामा सिफारिस गरेको हो। बैठकबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ पार्वती बिक (दलित महिला), ...

प्रतिनिधिसभा निर्वाचनः काँग्रेसबाट पाल्पा १ मा राना र २ बाट पाँच जना सिफारिस

प्रतिनिधिसभा निर्वाचनः काँग्रेसबाट पाल्पा १ मा राना र २ बाट पाँच जना सिफारिस
तानसेन।  प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफरिस भएको छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका–७, निवासी रानाको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्रीय सभापति झमन राज मगरका अनुसार पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एक जना महिला थप गर्ने गरी उम्मेदवार सिफारि...