निर्वाचन आचारसंहिता : यस्तो छ व्यवस्था
तानसेन। निर्वाचन आयोगले यसपालीदेखि निर्वाचन आचारसंहितालाई सजायमुखी बनाउने घोषणा गरेको छ ।आयोगले स्वीकृत गरेको नयाँ अचारसंहितामा निर्वाचन कानुन विपरीतका कामकारवाहीलाई दण्डात्मक रुपमा कार्यान्वयन गर्ने व्यवस्था समावेश गरेको हाे ।
आचारसंहितामा २०७९ सालमा केही दण्डात्मक व्यवस्था गरेकोमा अहिले निर्वाचन कसुर सजाय ऐन अनुसार सजायकै व्यवस्था गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा ४८ मा आचारसंहिता उल्लंघन गरेमा हुने सजाय तथा जरिवानाको व्यवस्था छ । जस...










