प्रतिनिधिसभा निर्वाचनः रास्वापा पाल्पाबाट गैरेसहित ६ जनाको नाम सिफारिस

तानसेन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपा पाल्पाबाट ६ जनाको नाम सिफारिस भएको छ । फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट दुई र क्षेत्र नं. २ बाट चार जनाको नाम अनलाइन माध्यमबाट सिफारिस भएको रास्वपा पाल्पाले जनाएको छ ।

क्षेत्र नं. २ मा सिफारिस हुनेमा जिल्ला उपसभापति सुमन (सोमप्रसाद) गैरे, कृष्णबहादुर कार्की, माधव थापा र रंगकर्मी सुरक्षा भट्टराईको उम्मेद्वारी सिफारिस गरेको बताइएको छ ।

गैरे २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेद्वार समेत हुन्। उनी जिल्लामा रहेर पार्टीको नेतृत्वदायी भूमिकामा क्रियाशील छन् । भने, अन्य सिफारिस भएकाहरु जिल्ला बाहिर रहेर विभिन्न कार्यमा संलग्न रहदै आएका अनुहार हुन् । यस्तै क्षेत्र नंं १ बाट लक्ष्मण बस्याल र संजयकमार सार्कीको नाम सिफारिस भएको छ ।

सिफारिस भएका सबैले अनलाइन माध्यामबाट उम्मेद्वारी  गराएको रास्वपाको स्रोतले जनाएको छ। रास्वपा पाल्पाको समानुपातिकतर्फ भने, अविता नेपालीको नाम सिफारिस भएको छ ।

तपाईको प्रतिक्रिया