पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको जिल्ला अधिवेशनबाट पुनः डुलबहादुर कुवंरको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको जिल्ला अधिवेशनबाट कुवंरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन भएको हो ।
कुवंर यसअघि पनि जिल्ला अध्यक्ष थिए। अधिवेशनले उपाध्यक्षमा धुब्र खाती (पुरुष) र, मायादेवी बज्राचार्य ( महिला) लाई चयन गरेको छ। यस्तै सचिव सुदिपराज रेग्मी र सहसचिव राजेन्द्र अधिकारी चयन भएका छन् ।
निर्वाचित अध्यक्ष कुवंरका अनुसार कोषाध्यक्ष र प्रवक्ता मनोनयन गर्न बाकी छ । यस्तै नगर र गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्षसहित गरेर ३१ सदस्यीय कमिटी गठन भएको हो ।
अधिवशेनमा पार्टीका केन्द्र र प्रदेश स्तरका नेताहरूले सहभागी रहेको थियो । सो क्रममा आगामी फागुन २१ का लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनको विषयमा समेत छलफल भएको अध्यक्ष कुवंरले नयाँधारलाई जानकारी दिए।





















