काठमाडाैं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पौडेलले बताए ।

यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया