तानसेन । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको २६ औं साधारण सभा तथा चक्रिय प्रणाली अन्तर्गत निर्वाचन तानसेनमा सम्पन्न भएको छ । चक्रिय प्रणाली अन्तर्गतको निर्वाचनबाट कार्य समितिमा सभापति, कोषाध्यक्ष, विज्ञ सदस्य तथा अपांगता भएकाहरुको तर्फबाट सदस्य चुनिएका छन् । सभापतिमा शुशीलराज शाक्य र कोषाध्यक्षमा माधव प्रसाद अर्याल पुनः निर्विरोध चयन भएका छन् । कृषिविज्ञ ध्रुव भण्डारी, अपांगता भएकाबाट देवकुमारी हरिजन विज्ञ सदस्य अन्तर्गत निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले सपथ गराए । यसअघि भएको साधारणसभामा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले परिवार नियोजन संघलाई स्वच्छ, पारदर्शी ढंगले काम गरेको आफूले पाएको बताए । उनले तानसेन नगरभित्र रहेका स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थाहरुमध्ये पारदर्शी तरिकाले काम गर्ने संस्थाको रुपमा आफुले पाएको बताए ।
कार्यक्रममा कार्यवाहक सभापति तथा कोषाध्यक्ष माधव प्रसाद अर्यालले शाखाबाट सन् २०२५ मा भएका वार्षिक प्रगति कार्यक्रमहरु परिवार नियोजन साधन वितरण तथा परामर्श सेवा, सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला सेवाका कार्य भएको बताए । कोषाध्यक्ष अर्यालले वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै दातृ निकायको सहयोग कमी हुँदै गएकाले संस्था संचालनमा कठिन हुँदै गएको बताए ।
तानसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सागर मान महर्जनले पाल्पाका साथै छिमेकी जिल्लाका महिलालाईसमेत सेवा दिएको बताउँदै सरकारको स्वास्थ्य सेवामा समपूरकको भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
शाखाका पूर्व सल्लाहकार चित्रवली राम सुवाल, आजीवन सदस्य बुद्धीप्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्की, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंह, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने, परिवार नियोजन संघका शाखा विज्ञ सदस्य पुष्करराज रेग्मी, शाखा प्रबन्धक सोवाकान्त न्यौपाने लगायतले सेवामुलक भावनाका साथै महिलाका लागि गरेका कामले सबैलाई प्रेरित गरेको बताए । कार्यक्रम शाखाका कार्यवाहक सभापति माधव प्रसाद अर्यालको अध्यक्षतामा भएको हो ।
महिनावारी स्वच्छता सम्बन्धी शाखाको स्थानीय पहलमा जर्मनीको फाउन्डेसन ह्युमन नेचर संस्थाको सहयोगमा महिनावारी कपको सेवालाई पाल्पा जिल्लामा लागु गरिएको छ । साथै नेपाल परिवार नियोजन संघको सेवामा समेत महिनावारी स्वास्थ्य सम्बन्धि वातावरण मैत्री तथा उपयोगी साधनको कार्यक्रमलाई दाङ्ग शाखामा समेत विस्तार गरिएको छ ।
शाखा प्रबन्धक न्यौपानका अनुसार अहिले पनि यो सेवा सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम २०२५ मा यो कार्यक्रम साथै लामो समय देखि बाँकी रहेको एम्बुलेन्ससेवा विस्तारलाई गत आर्थिक वर्ष एन्डरस्टप रोटरी स्वीडेनको सहयोगमा ख वर्गको एम्बुलेन्स आयातकालागि आवश्यक रकम व्यवश्थापन भएको छ । त्यसका लािग तानसेन नगरपालिका समेतको सहकार्यमा यसै हप्ता जिल्लामा आई सक्नेछ ।
सन् २०२६ मा सम्पत्र गरिने कार्यक्रमहरु केन्द्रिय कार्यलयबाट प्राप्त भई सकेको साथै संघबाट सञ्चालित क्लिनीकल सेवाको निरन्तरता हुनेछ । शाखामा सन २०२५ देखि सञ्चालनमा रहेको (परिवार नियोजन साधन सेवामा पहुँच सम्बन्धि) इसिसिडी परियोजना आर्थिक वर्ष २०२६ मा पनि सञ्चालनमा रहने शाखा प्रबन्धक न्यौपानेले बताए ।
यस शाखाका नियमित कार्यक्रम,महिला तथा पूरुष स्थायी वन्ध्याकरण तथा लामो अवधिको अस्थायी साधन सेवा शिविर सम्पन्न हुनेछ ।






