पाल्पाको मैनादीमा भोली ‘प्रथम सुन्तला महोत्सव’ हुदैँ

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ को मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा यही मंसिर १६ गते एक दिने सुन्तला महोत्सव हुने भएको हो।

पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसंगै किसानलाई सुन्तलाको विविधिकरण र प्रर्वधनका लागि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

मैनादीस्थित वडा कार्यालयको आयोजना र पालिकाकासहित सरेकारवाला निकायको सहयोगमा एक दिने सुन्तला महोत्सव हुने भएको हो। भोली (सनिवार) हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुवंरले बताए।

मैनादीसहित यो पालिकाका किसानले अन्य खेती छाडेर पनि सुन्ताल खेती गर्दै आएका छन् । बढ्दो उत्पादनबाट धेरै आम्दानी लिनका लागि सुन्तालाको विविधिकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षाका साथ जिल्लामै पहलिो पटक महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी यान्त्रीकरणका बारे किसानलाई जानकारी सुन्तलाको जुस,जाम र जेली निर्माण तथा बजारिकरणकाका विषयमा ज्ञान दिने पनि बताइएको छ ।

यो पालिकाले गत वर्षको तुलनामा खेती गर्ने किसान बढेको र आगामी वर्षहरुमा सुन्तला खेती विस्तार गरी गाउँमै रोजगारी दिने तथा बसाइसराई रोक्नका लागि पनि यो महोत्सवले टेवा पुग्ने विश्वास लिएको छ ।

यो वर्ष किसानले बोटबाटै ६५ देखि ७० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेका छन् । भने, सिंगो पालिकाबाट यो सिजनमा मात्रै चार करोड बढीको सुन्तला निर्यात हुने लक्ष्ण लिइएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको