लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक पाल्पाको तानसेनमा

पाल्पा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक पाल्पाको तानसेनमा हुने भएको छ । एरिया लायन्सहरुको आयोजनामा क्याबिनेट बैठक कार्तिक २१ र २२ गते हुने भएको हो ।

पाल्पाको तानसेनमा आयोजित पत्रकार सम्मेलनमा कार्तिक २१ गते होटल द ह्वाइटलेकमा प्रि क्याविनेट र कार्तिक २२ गते श्रीनगर साँस्कृतिक डबलीमा क्याबिनेट बैंठक गरिने एरिया २ का चिफ गंगाबहादुर खत्रीले बताए ।

प्रि क्याविनेट बैंठकमा लायन वर्ष २०२५/०२६ जुलाई देखि अस्टोवर सम्ममा क्लव, जोन, रिजन एरिया र डिष्ट्रिकले सम्पादन गरेका कार्यहरुको समिक्षा, आगामी दिनका योजनाहरुका विषयमा छलफल हुनेछ ।

क्याविनेटमा छलफल, सम्मान, उत्प्रेणात्मक कार्यक्रम, छात्रवृत्ति वितरणसँगै आगामी दिनका योजनाहरु तय गरिने एरिया चिफ खत्रीले बताए । पर्यटन, कृषि र उद्यमशिलतालाई जोड्ने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको हो ।

एरिया चिफ खत्रीका अनुसार कार्यक्रमको प्रमुख अतिथि पूर्व इन्टरनेश्नल डाइरेक्ट लायन इ. सञ्जय खेतान र प्रमुख वक्ताको रुपमा उत्प्रेरक तथा नेतृत्व विकासका सहजकतां नर बहादुर कार्की सहभागी हुने कार्यतालिका रहेको छ भने बर्तमान डिष्ट्रिक्ट गभर्नर लायन बाला राम भट्टराईले अध्यक्षता रहने छ ।

तपाईको प्रतिक्रिया