तानसेन। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ पाल्पामा पुरानै कार्य समिति सर्वसम्वत भएकाे छ । सनिवार सम्पन्न जिल्लाको ८ औं अधिवेशनले पुरानै समितिलाई थप एक कार्यकाल काम गर्नेगरी जिम्मेवारी प्रदान गरेकाे हाे।
अधिवेशनले राम प्रसाद पन्थीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा युवराज पन्त, दितिय उपाध्यक्ष शिव प्रसाद पाण्डे सचिवमा विष्णु प्रसाद खनाल, सह सचिवमा यम बहादुर कार्की, कोषाध्यक्षमा ज्योति कार्की, सह कोषाध्यक्षमा हरी बहादुर बाहघरे रहेका छन र समितकाे सदस्यमा संजय घर्ती, लक्ष्मण भण्डारी, संगीता भट्टराई, सुरेन बोहरा, जमुना न्यौपाने र सृजना ढकाल निर्वाचित भएको निर्वाचन संयोजक नरेशचन्द्र भट्टराईले जानकारी दिए।
अधिवेशनले तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको संयोजकमा तारा बहादुर सुनारी, सदस्यमा मीन प्रसाद बस्याल र सन्तोष श्रेष्ठ रहेका छन्।
उद्घाटन समारोहमा बाेल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार मनहरी बस्यालले पुस्तक जीवनको जन्मदेखी मृत्युसम्मको साथी र साक्षी रहेको बताए। उनले जीवनलाई जीवन्तता दिन किताबले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नीजि विद्यालयले किताब, कपि बेच्ने होहन सबै पेशाका सीमितता हुने बताए ।
उनले बौद्धिक उत्थानको महान साधन किताब तथा स्टेशनरी सामुहिक भावनाको व्यवसाय भएको बताए। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १६ साधारणसभामा केन्द्रिय सदस्यहरु रामकृष्ण चापागाईं र रामु अधिकारीले संगठन, व्यावसायिकता र सेवा–भावनासँग व्यवसाय जोडिएको बताए।
महासंघका सल्लाहकार केदारलाल श्रेष्ठ,नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, रुपन्देही जिल्ला शाखा अध्यक्ष दिपक पाठक, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ, पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने, प्याब्सन पाल्पा अध्यक्ष डाँसुराम पन्तले ज्ञान, शिक्षा र चेतनाको आधारशिला पुस्तक भएकोले समयमै उपलब्ध भएमा विद्यार्थीको चेतना वृद्दिमा सहयोग पुग्ने बताए ।
सचिव बिष्णु खनालले साङ्गठनीक प्रतिवेदन प्रस्तुत गर्दै ७ बैठकबाट विविध निर्णय गर्दै कार्यक्रम गरिएको बताए। उपाध्यक्ष युवराज पौडेलको स्वागत तथा सचिव बिष्णु खनालको सञ्चालनमा अधिवेशन सम्पन्न भएकाे थियाे ।


















