निस्दीमा जिप दुर्घटनाः तीन जना मृतकमध्ये दुईको सनाखत

पाल्पा। पूर्वी पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ चिउँरीबासस्थित रामपुर अरुणखोला भित्री सडक खण्डमा शुक्रबार बिहान भएको जिप दुर्घटनाका मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुने तीनमध्ये दुई जनाको पहिचान खुलेको हो।

मृत्यु हुनेमा निस्दी गाउँपालिका– ७ हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, सोही गाउँपालिकाको ठोक्सिङ्गिबासकी ४५ वर्षीया ओम कुमारी खाँम्चा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीका अनुसार अर्की मृतक महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा परी आठ जना यात्रुहरु घाइते भएका छन् । घाइते मध्ये ४ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।

पूवी नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आइरहेको लु १ ज ३९०८ नम्बरको यात्रुवाहुक जिप दुर्घटना भएको थियो । चिउरीबासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकि राखेको फोर्स जिप आफै व्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ११ सय मिटर तल खसेको थियो ।

जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको पाल्पा प्रहरीले जनाएको छ । जिप शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटना भएकाे थियाे।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer