काठमाडाैं। सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाको माग गर्दै राप्रपाले सरकारलाई विश्वासको मत दिने सर्त राखेको थियो । राप्रपाको उक्त प्रस्तावमा अन्य दलहरू पनि सहमत भएका हुन् ।





















