नमुना कलेजको २० औँ ग्राजुएसन फेशन शोः प्रकृतिबाट प्रेरित सिर्जनात्मक फेशनको प्रस्तुति
काठमाडौं। नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ। २८ मार्च २०२६ मा झम्सिखेल, ललितपुरस्थित द प्लाजा नेपालमा आयोजित उक्त कार्यक्रमले रनवेलाई प्रकृति र फेसनबीचको सम्बन्धलाई कथात्मक ढंगले प्रस्तुत गर्ने जीवन्त मञ्चमा रूपान्तरण गरेको थियो ।
फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक...










