तानसेन। पाल्पाली युवा गायक पुरुषोत्तम गैरेले झम्टि झम्टि रुनी हो नामको रोइला गीत सार्वजनिक गरेका छन् ।
हालै सार्वजनिक गरिएको उक्त गीत लोकदोहोरी तथा रोइला शैलीमा तयार गरिएको हो। गीतमा गैरेसंगै कमला पोखरेल, विष्णु खत्री र सरीता सुनारले स्वार दिएका छन्। गैरे आफ
नै शब्द संगीतमा रहेको गीतमा प्रेम र भावनात्मक अनुभूति समेटिएको छ । यो गीतले श्रोतामाझ विशेष आकर्षण पैदा गर्ने अपेक्षा गरिएको गैरेले बताए ।
गायक गैरेले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक भएपछि गीतलाई सामाजिक सञ्जालमा दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको बताइएको छ। गीतको भिडियोमा गैरेसंगै, यसु भट्टराई, प्रतिमा गैरे, पदम भुसाललगायतका कलाकारको अभिनय रहेको छ । गीतको भिडियो निर्देशक मुकेश नेपालीले गरेका छन् भने, भिडियोको छायांकन मरुभूमि नारायणले गरेका छन् ।
पछिल्ला केही समयदेखि लोक तथा रोइला शैलीका गीतहरू सार्वजनिक गर्दै आएका गायक गैरेले यस गीतमार्फत पनि आफ्नो सांगीतिक यात्रालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेका छन्।
गीत हेर्न यहाँ क्लिक गर्नुहोस्:

