माघे संक्रान्तिको अवसरमा खाना महोत्सव

तानसेन। पाल्पामा माघे संक्रान्तिको अवसरमा सास्कृतिक प्रस्तुतिसहितको खाना महोत्सव सम्पन्न भएको छ। जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा नेपाल मगर महिला संघले एक दिने माघी मगर खाना महोत्सव आयोजना गरेको हो।

महोत्सवमा वन नाम्या, बारा अर्थात् बटुक, सेल, कोदोको सेलरोटी, तरुल, सखरखण्ड, मेवाको अचार, बंगुर र कुखुरकाका मासुका परिकारसहितका खानाका स्टल राखिएको थियो । परम्परागत खानाका परिकारहरु, स्थानीय उत्पादनहरु समेत प्रदर्शनीका लागि राखिएको संघकी अध्यक्ष राधा थापा मगरले बताइन् । मगरसहित अन्य समुदायका मानिसहरु मगरी खानाका परिकार र काला सस्कृति, भेषभूषा, प्रस्तुत गरिएको थियो । माघे संक्रान्तिलाई मगरहरुले नयाँ वर्षका रुपमा पनि लिने गर्दछन् ।

यो पर्वमा आफन्तीहरु एकैठाउमा जम्मा भएर रमाउने गर्दछन् । चिसो समयमा माघीमा खाने परिकारले चिसो बिर्साउने हुँदा पनि यी परिकारको महत्व रहेको सहभागीले बताएका छन् । जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ मध्ये मगर समुदायको संख्या १ लाख २७ हजार ४ सय ५० रहेको छ ।

मगर समुदायको मुख्य पर्वका रूपमा चिनिएको माघीको अवसरमा आयोजित महोत्सवमा स्वदेशी, विदेशी र स्थानीय पर्यटकले खानाका परिकार स्वाद चाखेका छन् । महोत्सवमा भने दर्जन बढी परिकार बनाइएका थिए आयोजकले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको