हावाहुरीले महामेलामा क्षति, बुधबारबाट नियमित संचालन हुने

बुटवल। हावाहुरीसहित परेको पानीले बुटवल महामेलामा क्षति पुर्याएको छ । सोमबार आएको हावाहुरीले संरचनामा क्षेति पुगेको मेला संयोजक गोबिन्द प्रसाद भुसालले बताए ।

हावाहुरीले ४० वटा व्यापारीक स्टल,१२ वटा होटल तथा रेस्टुरेन्ट ,लण्डन वृज,स्टाचु अफ लिभर टि,२०० मिटर बाउन्ड्री ,कश्मिर हिल पूर्ण रुपमा क्षति पुगेकाे र जलपरीमा समेत आंशिक क्षेति भएको संयोजक भुसालले बताए ।

क्षेतिको एकिन विवरण आउन बाकी रहेको भुसालको भनाइ छ । सोमबार चर्चित र्यापर माइला,लोक गायक बिशाल सोनी,लोक गायिका रितु मगर,हास्यकलाकार माइला बाको प्रस्तुति रहेको थियो । मौसमका कारण कलाकारको प्रस्तुति पनि स्थगित भएको सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए ।

चैत्र ४ गते बुधबारबाट नियमित कार्यक्रम संचालन हुने छ । मंगलबार संरचना निर्माण तथा मर्मत हुनेछन् । बुधबारबाट नियम कार्यक्रम संचालन हुने मेलाका मुल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले बताए ।

चैत्र १ देखि २४ गतेसम्म महामेला संचालन हुनेछ । मेलाको समुद्घाटन बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको