प्रदेश र स्थानीय तहबीच कानुन निर्माणमा सहकार्य गर्न तानसेनमा अन्तरक्रिया

तानसेन। लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा प्रदेश सभासँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धी सहकार्य तानसेनमा सम्पन्न भएको छ । प्रदेश र स्थानीय तहबीच कानुन निर्माण प्रक्रियामा प्रभावकारिता र समन्वय ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

बुधबार पाल्पाको तानसेनमा सम्पन्न अन्तरक्रिया कार्यक्रमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको अध्यक्षता सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले कानून निर्माण र सोको कार्यान्वय तथा कार्यान्वयमा देखिएका समस्या बारेमा सहकार्य गर्नुपर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका उप सभामुख मेनुका खाँड केसी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु, प्रदेश सभा सदस्य वीर बहादुर राना, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा सिङ्जाली गाहा लगायत अन्य जनप्रतिनिधिले हाल भएका काम जटिलता र समाधान गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले सभा सञ्चालन र उपसचिव लोकमणि पाण्डेले स्थानीय तहमा कानुन निर्माण प्रक्रियाका विषयमा विस्तृत सहजीकरण गरेका थिए ।

अधिकृत कमला पौडेलले संचालन गरेको अन्तरक्रियामा स्थानीय तहमा कानुन बनाउँदा देखिने व्यावहारिक जटिलता र प्रदेशसँगको समन्वयका बारेमा गहन छलफल भएको थियो।

यस्ता कार्यक्रमले स्थानीय तहको विधायिकी क्षमता अभिवृद्धि गर्न र संघ, प्रदेश तथा स्थानीय तहबीचको कानुनी तादात्म्यता मिलाउन महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer