तानसेन। गुल्मीको धुर्कोटमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका–५ डुकुर्तीमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक इस्मा गाउँपालिका–६ अम्मरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत र धुर्कोट गाउँपालिका–२ का २३ वर्षीय कमल पछाई रहेको प्रहरीले जनाएको छ । बस्नेतको उनको छाती र अनुहारमा चोट लागेको हुँदा उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ करिब ५ः४० बजे तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा धनिश्वरलाई थप उपचारका लागि पाल्पाको प्रभास ल्याइएको प्रहरीले जनाएको छ । टिपर चालक प्युठानको गौमुखी गाउँपालिका–२ का ३० वर्षीय जीवन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।






