बराङ्दी क्रिकेट कपको उपाधि पिसिपीलाई

तानसेन।  बराङ्दी क्रिकेट कपको प्रथम संस्करणको उपाधि तानसेनको पाल्पाली क्रिकेट प्ययरर्सले हात पारेको छ ।
नेपालीहरुको महान पर्व बडा शैको अवसर पारेर बराङ्दी क्रिकेट क्लबले बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा आयोजना गरेको खेलमा १६ टीम सहभागी भएका थिए । खेलमा गेजा क्रिकेट टीम बगनासकालीलाई ६ विकेटले पराजित गदै उपाधी जितेको हो ।

पहिलो ब्याटिङ गरेको गेजा क्रिकेट टीमले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ८७ रन बनाउन सक्यो । उस्का लागि अपार गैरेले १५ बलमा ३० रनको बिस्फोटक परी खेले पनि अन्य व्याटस् म्यानले रन जोड्न नसक्दा मध्यम स्कोरमा रोकिन पुगेको हो । पिसिपीका लागि संयोग बस्याल, र अमितले समान २—२ विकेट लिए भने रुपेश, अपर्ण र अजयले १—१ विकेट लिए ।

८८ रनको मध्यम लक्ष्य पछाएको पिसिपीले १० ओभरमा ४ विकेट गुमाउदै सहज जित निकाल्यो । उस्का लागि बिपिन खातीले २४ बलमा ३० रको योगदान गरे भने रुपेश बस्यालले १६ बलमा २४ रन र कप्तान शिव शर्माले समालिदो पारी खेल्दै १२ बलमा २३ रनको योगदानको मदतले सहज जित निकाल् सफल भए । गेजा क्रिकेट टीमका लागि अपार गैरे,सुजन,सुर्दशन र निरजले १—१ विकेट लिए ।

उक्त खेलमा ३ ओभर मा मात्र ५ रन दिदै २ विकेट लिएका पिसिपीका बोलर संयोग बस्याल म्यान दि म्याच घोषित भए । यस्तै प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका गेजा क्रिकेट टीमका अपार गैरे बेष्ट ब्याड्स म्यान र म्यान अफ द सिरिज दुबै हात पारे । उनले नगद ४ हजार मेडल र प्रमाण पत्र हात पारे । यस्तै बेष्ट बोलिङको उपाधि पिसिपीका संयोग बस्यालले हात पारे । उनले प्रतियोगिता भर १२ विकेट हात पारेका थिए ।

प्रतियोगिताको बिजेताले २५ हजार सहित सिल्ड तथा मेडल हात पारे भने उपबिजेताले १५ हजारसहित मेडल प्राप्त ग¥यो ।

 

पुरस्कार वितरण समारोहमा बगनासकाली गाउँपालिका ८ बराङ्दीका वडाध्यक्ष मातीलाल बस्यालले खेल मार्फत राष्ट्रको पहिचान बढाउन सफल भएकोमा खेलाडीलाइ बधाइ दिदै क्रिकेट खेल नियमीत संचालन गर्नका लागि लागि वडा कार्यालयले आवस्यक रकम सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे ।

आगामी वर्ष पनि खेललाई निरन्तरता दिने कार्ययोजना रहेको क्लबका अध्यक्ष श्रीधर न्योपानेले बताए। कार्यक्रममा बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अफ द सिरिजका स्पोन्सर कृष्णप्रसाद भुसाल,सल्लाहकारहरु,खेलप्रेमीलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer