रामपुरमा यातायात व्यवस्थापन गर्न छलफल

तानसेन।  नगरपालिकामा यातायात व्यवस्था सम्बन्धि छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैतिक दल, इलाका प्रशासन, इलाका प्रहरी र सरोकारवालाबीत नगर भित्र यातायात सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको हो ।

छलफलमा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा सहज, सरल पहुँच सहितको व्यवस्थित यातायात सञ्चालनका लागि सबै सरोकारवालाहरुको महत्वपूर्ण भुमिका आवश्यक रहने बताए। उनले गुणस्तरीय यातायात सेवाका लागि यातायात व्यवसायी, सवारीधनी, चालक, यातायात मजदुरले विशेष ध्यान दिन आग्रह गरे।

नगरप्रमुख थापाले यात्रुको सुविधाका लागि यातायात व्यवसायीहरुलाई निर्धारित भाडादरमा अधिकतम सेवा दिन निर्देशन दिए। रामपुर नगरपालिकाको सभाहलमा भएको छलफलले यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ ।

नगरपालिकाको निगरानीमा सञ्चालन हुने भ्यान र अटोको भाडादर संशोधनसहित समायोजन, यसअघि भएको सवारी पार्किङ्ग सम्बन्धि निर्णय कार्यान्वयन गर्ने, अटोको सेवा क्षेत्र विस्तार गर्ने, पाँच वर्ष भन्दा पुरानो अटो सञ्चालन गर्न नपाउने, सबै सवारी साधनमा भाडा दरको लिष्ट टाँस्नु पर्ने, रामपुर नगरपालिकाको बसपार्क व्यवस्थापन कार्यविधि र बजार क्षेत्र सवारी साधन पार्किङ्ग व्यवस्थापन कार्यविधिमा उल्लेख भएका सम्पूर्ण व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer