तानसेन। पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल भैरवस्थान मन्दिरमा संचालित पार्किङलाई व्यवस्थि गराउनृ सरोकारवालासंग छलफल गरिएको छ। स्थानीय सरकारको पहलमा मन्दिर व्यवस्थापन समिति, व्यापारी, सुरक्षा निकाय रअन्य स्थानीय सरोकारवालाको सहभागितामा छलफल गरिएको हो।
पार्किङ सुरु भएपछि देखिएका समस्या र चुनौतीसंगै मन्दिरको धार्मिक र व्यवसाहिक प्रचारमा टेवा पुग्ने हिसाबले काम अघि बढाउन छmफलका सहभागीले सुझाव दिएका थिए । छ्लफलमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भैरवनाथ मन्दिर नेपाल मात्रै नभएर एसियामै प्रसिद्ध मन्दिर भएको र दैनिक सयौको संख्यामा आउने भक्तजनका सवारीलाई एकै स्थानमा पार्किङ गरी पैदल मार्गबाट मन्दिरको दर्शन गर्नाले मन्दिरको प्रसिद्धतामा वृद्धि हुने बताए।
उनले स्थानीयको आयआर्जनमा वृद्धि, साघुरो सडकमा देखिएको अव्यवस्थित ट्राफिक एंव सवारीलाई व्यवस्थित गरी संचालन गरिएको पार्किङले सबै पक्षलाई सहजता हुने अपेक्षा राखे। यस्तै मन्दिरको दैनिक पूजाआरधनासंगै सन्ध्याकालीन आरती संचालन, बिहानको पहिलो पूजामा भक्तजनलाई आकर्षण गर्ने खालका कार्य गर्नका लागि समितिलाई सुझाव दिए। भैरवनाथ मन्दिर धार्मिकसंगै ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय रुपमा समेत महत्वपूर्ण रहेको हुँदा सबै क्षेत्रको विकासका लागि सबै सरोकारवालाले पहल गर्नुपर्ने जोड दिए।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले मन्दिरको विकास र प्रचार गर्न सके समग्र पालिकाको विकासमा टेवा पुग्ने धारण राखिन् ।
प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले मन्दिरको आर्थिक र सामाजिक रुपमा देखिएका व्यवस्थपनलाई चुस्त गराउनुपर्ने बताए। उनले पार्किङ व्यवस्थापनले व्यापार व्यवसायदेखि अन्य कार्यमा सकारात्मक परिर्वात देखिने भन्दै अन्य कार्यमा पालिकाले सहजीकरण गर्द जाने बताए।
वडा नं.४ का वडा अध्यक्ष सोम कुमार कार्कीले मन्दिरलाई धार्मिकसंगै आर्थिक रुपमा पनि अघि बढाउनु सिंगो पालिका लाग्नुपर्ने बताए। उनले मन्दिरमा आउने समस्यालाई वडाले मात्रै समाधान गर्न नसक्ने भन्दै सबै सरोकारवालाले आफ्नो कतव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।





















