पाल्पामा ७२ प्रतिशत रोपाइँ सम्पन्न

पाल्पा।  पाल्पामा साउनको पहिलो सातासम्म ७२ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । पर्याप्त पानी नपरेपनि सिचाइँ सुविधा भएका तथा खोला किनारका ठूला फाँटहरुमा रोपाइँ सम्पन्न भएको हो। कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार टाँरी खेत बाहेकका अधिकांश स्थानमा रोपाइँ सम्पन्न भएको हो। पाल्पाको अन्नभण्डार मानिने माडीफाँट कचल, अर्गली, पीपलडाँडा, दोभान, झडेवालगायतका फाँटहरुमा रोपाइँ सकिएपछि रोपाइँको क्षेत्रफल बढेको हो।

यस्तै कालीगण्डकी बेसी अन्तरगतका रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूको अधिकांश भूभागमा पनि रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मानदेव प्रसाद चौधरीले बताए । कुल खेतीयोज्य जमिनमध्ये आठ हजार पाँच सय ४० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ।

पर्याप्त वर्षा नहुँदा सिंचाइँ सुविधा नपुगेका टारी खेतहरुमा भने रोपाइँ हुने गरेको छ । केही स्थानमा रोपाइँ सकिएपनि सिँचाइँका लगि पर्याप्त पानी नपुग्दा किसानहरु मर्कामा परेका छन् । मकैलगातयका खेती स्याहार गर्न बाकीँ तथा सिचाई सुविधा नभएका टारी खेतमा ढिलो गरेर रोपाइँ हुने गरेको किसानले बताएका छन् ।

पाल्पाका किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बासमती, झिनुवा, सावित्रीलगायतका जातको धान खेती हुने गरेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer