मैनादीमा छिमेकीको कुटपिटबाट एक पुरुषको मृत्यु

तानसेन। पाल्पामा छिमेकीको कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट ७ मैनादीका ४४ वर्षीय राम बहादुर अर्गाली रहेको प्रह्रीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अर्गालीलाई सोही गाउँका स्थानीय भविन्द्र खाम्चाले कुटपिट गरेपछि घाइते बनेका थिए । केही दिन अघि कुटपिटबाट घाइते बनेका अर्गालीको आइतबार बेलुका मृत्यु गएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा खाम्चालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि पठाएर घटना बारे अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer