पाल्पाको रामपुरमा भरुवा बन्दुक फेला

पाल्पा। पाल्पाको रामपुरमा एक थान बेवारिसे भरुवा बन्दुक फेला परेको छ। रामपुर-१, पिपलडाँडा सामुदायिक वनमा एक थान भरुवा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जंगलमा बेवारिसे बन्दुक फालेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय, रामपुरको टोलीले उक्त बन्दुक नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक रामबहादुर नेपालीका अनुसार बन्दुक शिकारीले छाडेर भागेको हुन सक्ने अनुमान गरिएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer