अपडेटः जेनजी प्रदर्शनमा हालसम्म १३ जनाको मृत्यु

काठमाडाैं । जेनजीहरूको प्रदर्शनका क्रममा हालसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हाे।

जानकारी अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया