पाल्पाको कुमालगाउँ, गैडाँकोट र अर्चलेमा धेरै वर्षा

तानसेन। गए राति सबैभन्दा धेरै पानी पाल्पाका विभिन्न क्षेत्रमा परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पाको कुमालगाउँ केन्द्रमा १६४.८ मिलिमिटर वर्षा भएको हाे ।

यस्तै कपिलवस्तुको वाणगंगामा १५२.२, नवलपरासीको देउरालीमा १४२.६, स्याङ्जाको चापाकोटमा १३६.८, पाल्पाको गैकोटमा १३५.२, रूपन्देहीको तिलोत्तमा १२२.२, पर्वतका पन्चासेमा १२१.८, पाल्पाको अर्चलेमा १२५.६ मिलिमिटर वर्षा भएको छ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ। विभागका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer