कालीगण्डकीमा पौडी खेल्दा डुबेका न्यौपानेको उद्दार, बेपत्ता शाहीको खाजीकार्य जारी

तानसेन। कालीगण्डकीमा पौडी खेल्दा डुबेका एक जनाको सकुशल उद्धार गरिएको छ । यस्तै पौडी खेल्दा बेपत्ता भएका एक जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पाल्पा र स्याङ्जाको सीमाना राम्दीमा बुधबार बिहान पौडी खेल्ने क्रममा डुबेका कैलालीको लम्कीचुहा नगरपालिका–१ का १६ वर्षीय बिराज न्यौपानेलाई प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका हुन् । न्यौपानेका साथी १५ वर्षीय बखन शाही भने अझै बेपत्ता छन् । साथीहरूसँग घुम्न आएका उनीहरु राम्दीस्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

बेपत्ता शाहीको स्थानीय बासिन्दा, पाल्पा र स्याङ्जाका प्रहरीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया