तानसेन। पाल्पा जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्न तीन दिने फोटो तथा चित्रकला प्रदर्शनी गरिएको छ । जिल्लालाई देश–विदेशमा पर्यटकीय गन्तव्यको रूपमा चिनाउने उद्देश्यले पाल्पा दरबार संग्रहालय परिसरमा तीन दिने चित्रकला तथा फोटो प्रदर्शनी राखिएको हो ।
तानसेन गुठी पाल्पाले राखेको प्रदर्शनीमा पाल्पा तथा तानसेनका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटो र चित्रकलाहरू राखिएको छ । स्थानीय भाषा, कला, संस्कृति र भेषभूषालाई समेत चित्रकला तथा फोटो प्रदर्शनीमा महत्व पाएको छ । प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटकलाई तानसेनप्रति आकर्षित गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
फोटो प्रदर्शनी तथा चित्रकलाको अवलोकनका लागि जिल्लाका विभिन्न विद्यालय, सामाजिक संघ संस्थाबाट बाक्लो रुपमा उपस्थिती रहेको तानसेन गुठी पाल्पाका अध्यक्ष शकुन्तला बज्राचार्यले बताइन् ।
पाल्पा मगरहरूको शासनकालदेखि सेन वंशीय शासकहरूले राज्य विस्तार गरेको इतिहास, राणाकालीन समयमा नेपालको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको तानसेनको गौरवशाली पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक रहेको अवलोकनका सहभागीहरुले बताएका छन् ।





















