पाल्पा २ मा नेकपाको जित सुनिश्चित छः उम्मेद्वार पाण्डेय

तानसेन। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले सबैको भावना अनुसार उम्मेद्वार बनेको बताएका छन् । उनले फागुन २१ को निर्वाचन महान् अभियान रहेको हुँदा जेनजीको भावना र नेपाली कम्युनिस्ट पार्टीको अभियान एउटै रहेको दावी गरे ।

शुक्रबार नेपाली कम्युनिस्ट पार्टी तानसेन नगर समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै पाण्डेयले अन्य दलहरुमा उम्मेद्वारकै सिफारिसमा समस्या देखिए पनि आफू पाल्पाली जनताको माग र पार्टीको भावना अनुसार एकल उम्मेद्वार सिफारिस गरेर निर्वाचनमा होमिएको बताए ।

उनले मुलुकलाई कमजोर पार्ने तत्वहरु अघि बढेको सन्दर्भमा निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्ने अवस्था आएको बताए ।  पूर्व मन्त्रीसमेत रहेका पाण्डेयले नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकारले गरेका कुसाशन र चरम भ्रष्ट्राचरका कारण मुलुकमा जेनजी विद्रोह र अहिलेको अवस्था आएको दावी गरे ।  नेता पाण्डेयले भने, “पाल्पा जिल्लाका लागि आफूले गरेका कामहरु तुलना गर्नुहोस्, अधुरा योजना पूरा गर्नुपर्ने दायित्व रहेको । मैले काम सुरु गरे रम पाल्पालीको ऋणी छु, त्यो ऋण तिर्नका लागि मैले जितेर जानुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा पाल्पामा सबैको साझा उममेद्वारका रुपमा अघि बढेको हुँदा जिल्लालाई थप विकास गर्नका लागि हामीले अत्याधिक मत ल्याएर जित्छौ ।”

पाल्पा क्षेत्र नं. २ मा चार उम्मेदवार बीच नै कडा प्रतिस्पर्धा देखिएको छ तर, अनुभवी र विकासप्रेमी नेताका रुपमा सबै मतदातले तारा चिन्हमा मतदान गरेर आफूलाई विजयी गराउनेमा आफू विश्वस्थ रहेको पाण्डेयले बताए।

बैठकमा नेकपाका केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डेले निर्वाचन परिचालन र आवश्यकताको बारेमा जानकारी दिए । उनले जनताका आवश्यकता र भावना समेट्ने पार्टी नेकपा भएको हुँदा सोही अनुसार तल्लो वर्गको प्रतिनिधित्व गर्नका लागि नेकपाका उम्मेद्वारलाई निर्वाचित गर्नुपर्ने बताए।

बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक यादव बहादुर रायमाझी पुष्पलालाको विचारलाई सर्मथन गर्दै नेकपा अगाडि आएको बताए । उनले नेपाली कम्युनिस्ट यो पार्टी विचारले परिमार्जित भएर नयाँ पार्टीका रुपमा अगाडि आएको बताए ।

“अहिले ठूला पार्टीहरु आफूभित्र अन्तर द्धन्द्धमा छन् । केही नेताहरुको अभिव्यक्तीले अहिले पनि चुनाव भाड्ने योजनाहरु देखाउने गरेका छन् । देशलाई डुबाउने की बचाउने भन्ने परिस्थितीमा देशमा र चुनाव गर्नु नै आजको आवश्यक हो।” उनले भने ।  जेन-जीको विद्रोह, पछिल्लो आवश्यकता र मुलुकको आवश्यकता पनि अन्य कुरा छाडेर अहिले निर्वाचन गर्नुपर्ने संयोजक रायमाझीले उल्लेख गरे।

बैठकमा नेकपाका केन्द्रीय सदस्य अशोक कुमार शाहीले केन्द्रीय हामीले लामो बलिदानीपूर्ण संघर्षबाट आएको व्यवस्था र संविधानको रक्षा गर्नु प्रमुख दायित्व नेपाली कम्युनिस्ट पार्टीको काधमा आएको बताए ।

मुलुकमा कुनै जनताहरु कसैको दास र लास नभएको हुँदा मुलुकको अवस्था राम्रो बनउनका लागि नेकपालाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कम्युनिस्ट पार्टीको धारणा अनुसार जनताका भावहरु बोक्दै युवा पलायन रोक्न, सुशासन कायम राख्न, व्यापक रुपमा मौलाएको भ्रष्ट्राचार रोक्नपर्ने बताउँदै शाहिले भने,-“अहिले हाम्रो उम्मेद्वार अन्य उममेद्वार बिच काम र व्यवहार हेरर निर्णय लिनुपर्ने बेला हाे ।

बैठकमा प्रदेश सचिवालय सदस्य मथुरा ढकालले तानसेन नगर समितिकाे १५७ सदस्यीय निर्वाचन परिचालन समितिको कार्य विभाजनका बारेमा जानकारी दिएका थिए ।

बैठकमा विष्णुमाया थापाले निर्वाचन अहिलेको आवश्यकता रहेको हुँदा निर्वाचनमा नेकपाले गर्ने विजयी गरेर मुलुकलाई स्थायीत्वमा लैजानुपर्ने बताइन्। बैठक अमर रानाको स्वागत, नबराज बस्यालको संचालन र नगर अध्यक्ष प्रतिक्षा गाहा सिंजालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया