वन्यजन्तुको हैरानी रोक्न नीतिगत व्यवस्था गर्नेछुः पाण्डेय

तानसेन। नेपाली कम्युनिस्ट पार्टीको तर्फबट पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले वन्यजन्तुको हैरानी रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले किसानले लगाएको बालीमा र बस्तीमै पुगेर हैरानी पुर्याएका वन्यजन्तुको व्यवस्थापनका लागि नीतिगत काननु आवश्यक रहेको औल्याए।

शनिवार नेपाली कम्युनिस्ट पार्टी बगनासकाली गाउँ समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उम्मेद्वार पाण्डेयले दिउँसोमा, बाँदर, रातिमा दुम्सी, बदेल जस्ता जनावरले पारेको हैरानी बारे आफू सचेत रहेको र त्यसका लागि कानूर बनाएर कार्यान्वयनमा ल्याउने बताए ।

नेता पाण्डेयले कुमाल, दलित, आदिवासी जनजाति र पछि परेको समुदायका लागि पनि मैलिक पेशाको संरक्षण र आय आर्जनसंग जोड्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफू उम्मेद्वार बनेर जनसमुदायका पुग्दा जनस्तरबाट पाएको हौसलाले निर्वाचनमा विजयी हुने दावी गरे । विगतमा गरेका विकास र समृद्धिका लागि खोकिएका खाकाहरुलाई मूर्त रुप दिनका लागि निर्वाचनमा होमिएको नेता पाण्डेयले बताए ।

बैठकमा नेकपाका नेताहरु, अनिलकिशोर घिमिरे, अशोककुमार शाही, मथुरा ढकाल, खुम बहादुर विक, शान्ता न्यौपानेलगायतले पछिल्लो समय मुलुकमा देखिएको राजनैतिक स्थिरता र संविधान विरोधी कार्यहरु रोक्नका लागि बामपन्थीहरुको पार्टी नेपाली कम्युनिस्ट पार्टी र विकासप्रेमी नेताका रुपमा पहिचान बनाएका नेता पाण्डेयलाई तारा चिन्हमा मतदान गरी विजयी बनाउन सबैले पहल गर्नुपर्ने बताएका थिए ।

खुम बहादुर कुमालको स्वागत पदम गैरेको संचालन तथा पालिका समितिका संयोजक तुलसा रानाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

यसैबीच बगनासकाली गाउँ समितिको चुनाव परिचालनका लागि १०१ सदस्यीय निर्वाचन परिचालन समितको गठन तथा प्रचार प्रसार कार्यालय  उद्घाटन समेत गरिएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer