दोभानमा टिपर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

पाल्पा । पाल्पामा टिपर र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेको महिला रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ लोकमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका –३ दोभानमा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिपर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।

दुर्घटनापछि घाइतेहरुलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा उनीहरुलाई मृत घोषणा गरेको सूचना अधिकारी चौधरी बताए ।

टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer