पाल्पामा थप ११० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ९२१ पुग्यो!

तानसेन। पाल्पामा थप एकसय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिवार थपिएका मध्य पिसिआर परीक्षणबाट ४५ पुरुष तथा ३७ जना महिला रहेका छन।

यस्तै एन्टिजेन परीक्षणबाट २३ पुरुष तथा ५ महिला गरि २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

थपिएका संक्रमितसंगै हाल जिल्लामा ९२१ जना सक्रिय संक्रमित पुगेको सूचना अधिकारी पन्थीले बताए।

सक्रिय संक्रमितमध्ये ५८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन भने अन्य ८६३ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।

हालसम्म ४४ जना संक्रमितको भने मृत्यु भईसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer