पाल्पामा थप १५८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित एक हजार ३ सय ४९ पुगे!

तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पिसिआर र एन्टिजेन परीक्षणका ८२ पुरुष तथा ७६ महिलमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्य तानसेन नगरभित्रका ६५, रिब्दीकोटका २३, र माथागढीका ३१ जना रहेका छन् ।

यस्तै पूर्वखोलाका १७, रैनादेवी छहराका ९, रम्भाका २, बगनासकालीका ९, तिनाउको २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा संक्रमित थपिएका छैनन्।

थपिएका संक्रमितसंगै जिल्लामा हाल एक हजार ३४९ जना सक्रिय संक्रमित पुगेका छन् । जसमध्ये ५९ जना विभिन्न अस्पतालमा उपचाररत रहेको र बाकी होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाल्पाका कुनै संक्रमितको ज्यान गएको छैन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer