जातकै आधारमा कोठाभाडामा नदिएको विषयमा पाल्पाका दलित अधिकारकर्मीहरुले दोषी उपर कारबाहीको माग

पाल्पा । सञ्चारकर्मी रुपा सुनारलाई जातकै आधारमा कोठाभाडामा नदिएको विषयमा पाल्पाका दलितअधिकारकर्मीहरुले दोषी उपर कारबाहीको माग गरेका छन् ।

दलित भएकै कारण कोठा भाडा नपाउनु नेपालको संविधानको मर्म विपरित भएको दलित अधिकारकर्मीहरुले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको हो ।

दलित अधिकारका लागि साँझा अभियान पाल्पा, नेपाल दलित संघ, उत्पीडित जातयि मुक्ति समाज, दलित मुक्ति मोर्चा, राप्रपा निकट दलित संगठन, दलित महिला संघ लगायतका संस्थाले कोठाभाडा नदिने काठमाडौंको सरस्वती प्रधानलाई अनुसन्धानका लागि प्रहरीमा रहेकी व्यतिmलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारीमा गाडी बोकेर घर लगिनु गलत भएको अभियानका अध्यक्ष विष्णु बम्रेलले बताए ।

समाज रहेका सबै प्रकारका विभेद उन्मुलन गरी समतामुलक समाज निर्माण अभियान निरन्तर रुपमा लागेको बम्रेलले बताए ।

नेपाल संविधानमा नै जातका आधारमा कुनै प्रकारका हिंसा गर्न नपाइने भनिएपनि कार्यान्वयन फिलतो हुँदा दलित समुदाय हिंसा भोग्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer