निस्दी गाउँपालिका–४ का वडाध्यक्षको निधन

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ का वडाध्यक्ष न्योबहादुर सुनारीको सोमबार राति निधन भएको छ।

५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा राति १२ निधन भएको नेकपा एमाले गाउँपालिका संयोजक हेमबादुर खाम्चाले बताए ।

सुनारीलाई कलेजोमा समस्या थियो। केही महिनादेखि औषधि सेवन गर्दै आएका उनलाई बिमारले च्यापेपछि गत सोमबार बिहान ८ बजे उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो।

उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।सुनारीका श्रीमती, एक छोरा र दुई छोरी छन्।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer