सिद्धार्थ राजमार्ग तीन दिनपछि एकतर्फी खुल्यो!

तानसेन । तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ ।

सडक डिभिजन पाल्पाले दिएको जानकारी अनुसार सडकमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालन गरिएको हो । आइतबार बिहान तानसेन नगरपालिका वडा ८, तल्लो डुम्रेमा खसेको पहिरोले सयौंको संख्यामा सवारी र यात्रु अलपत्र परेका थिए ।

पहिरो खसेदेखि नै पानी नरोकिएपछि तीन दिनसम्म सडक खुलाउन समस्या भएकोे थियो । आज भने पानी नपरेका कारण एकतर्फी सवारी पास हुनेगरी सडक सुचारु भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए।

हालका लागी एकतर्फी रुपमा सवारी पास हुनेगरी सडक सुचारु भएपनि पानी परेमा पुनः पहिरो खस्ने जोखिम भने कायमै रहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।

सोही स्थानमा पहिरोले पुरेर एक घर पूर्ण र अन्य चार घरमा आशिंक क्षति पुर्याएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer