रामपुरमा जाेगीकाे भेषमा सुनकाे सिक्री चाेरी गर्ने दुई जना पक्राउ!

तानसेन। पाल्पामा सुनको सिक्री चारेर भाग्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको रामपुर नगरपालिका वडा नं. ४, देवीस्थान भन्ने स्थानका ५० वर्षीया पुर्ना फाल मगरको घरमा जोगीको भेषमा घुम्दै आएर सुनको सिक्री चोरी गरेर फरार रहेका भारत उत्तरप्रदेश श्रावस्ती पोष्ट बस्ने वर्ष ३६ का रामनरेश हरिजन र सोही स्थानका ४३ वर्षका लड्डन हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँशो १२ बजेतिर फालको घरमा जोगीको भेषमा पुगेका उनीहरुले नुहाउने क्रममा घरको च्यानल गेटमा राखेको सुनको सिक्री चोरी भागेका थिए ।

सिक्री चोरी भएको थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुरको टोलीले उनीहरुलाई खोजी गर्दा रामपुर ४, कै देवीस्थान भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer