एक जनाले एक दिनमा २५ हजार मात्रै पठाउन पाउने

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि लागू हुने गरी आन्तरिक विप्रेषण (रेमिट्यान्सको) सीमा घटाएको छ।

केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै रकम स्थानान्तरणको सीमा घटाएको हो। राष्ट्र बैंकले विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रूपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो।

यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाख रूपैयाँसम्म थियो। केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer