राम्दीमा एक वृद्ध मृत भेटिए

तानसेन। कालीगण्डकी नदी किनारमा एक जना वृद्धको शव फेला परेको छ ।

जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.५ को राम्दीस्थित कालीगण्डकी नदी किनारमा बगनासकाली गाउँपालिका वडा नं.६ का ७१ वर्षीय खड्गबहादुर दर्जीको शव फेला परेको प्रहरीले जनाएको छ ।

दर्जी बुधबार बिहान मृत अवस्थामा फेला परेको थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले दिएको जानकारी अनुसार मृतक दर्जी गत आइतबार घरदेखि हिडेको भन्ने जानकारी प्राप्त भए पनि मृत्युको कारण भने खुल्न सकेको छैन्।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer